युलेन्स एजुकेशन फाउन्डेशनको सार्वजनिक वक्तव्य
घटना विवरण
जेन–जीका नाममा आह्वान गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलन गत सेप्टेम्बर ८ का दिन शान्तिपूर्ण प्रदर्शनसहित सुरु भएको थियो । जेन–जीले आह्वान गरेको आन्दोलन शान्तिपूर्ण हुने भनिएको र संसारभर नै विद्यालयलाई शान्तिक्षेत्रका रूपमा स्वीकार गरिने भएकाले उक्त दिन युलेन्स एजुकेशन फाउन्डेशन अन्तर्गतका खुमलटार र बाँसबारीस्थित विद्यालयहरूमा सदाझैं पठनपाठन क्रियाकलाप सञ्चालनमा थिए ।
जेन–जीको आह्वानमा आयोजित आन्दोलनमा दिउँसो दुई बजेतिर गोली चलेको र विद्यालय/कलेजको पोसाकमा रहेकासहित कम्तीमा १९ जना विद्यार्थी, युवाहरूको ज्यान गएका निकै पीडादायी र त्रासदीपूर्ण...